logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिविभित्रको प्रहरी चौकी अब हट्ने


अंकुरण खबर
1.105K
Shares

 

त्रिभुवन विश्वविद्यालय परिसरभित्र सञ्चालनमा रहेको प्रहरी चौकी हटने भएको छ ।

लामो समय अघिदेखि विद्यार्थी संगठनले त्रिवि हातबाट चौकी हटाउनुपर्ने माग राख्दै आएका थिए । सोही अनुरुप प्रहरी चौकी तत्कालै हटाउने नेपाल विद्यार्थी संघ र त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयले सहमति गरेका हुन् ।

सहमति पत्रमा नेविसंघ त्रिवि इकाइ सचिव योगेन्द्र रावल र निर्देशनालयका निर्देशक गंगाबहादुर थापा मगरबीच प्रहरी चौकी त्रिवि हाताबाट तत्काल हटाउने उल्लेख गरिएको छ। त्रिवि परिसरभित्र आयुर्वेद क्याम्पस र आयुर्वेद अस्पतालको अगाडि प्रहरी चौकी छ।

त्रिविमा राजनीतिक आस्थाका आधारमा कसैलाई पनि भेदभाव नगर्ने पनि सहमति भएको छ। त्रिविमा कम्पाउण्ड वाल निर्माणमा बजेटको व्यवस्थापन गर्ने लगाएतका कुरामा सहमति भएको छ ।