logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विमानस्थलबाट फेरि सुनसहित दुई पक्राउ


अंकुरण खबर
1.157K
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित फेरि भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा किजाकेथिल नौसाद छन् । यूएईको सारजहाबाट आएका उनले क्याम्सुल बनाएर सुन तस्करी गर्न खोजेका थिए । तर, विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ परेका हुन् ।

यस्तै, मलेसियाबाट आएका भारतीय नगारिक मोहमद म्यादिन स्थालीको साथबाट पनि दुई सय ग्राम हिरा बरामद भएको छ । भन्सार क्षेत्र कटिसकेपछि शंका लागेर काठमाडौं मेडिकल कलेजमा लगेर जचाउँदा २ सय ग्राम हिरा पेटमा राखेर ल्याएको भेटिएको प्रहरीले जनाएको छ ।

यसअघि विमानस्थलबाट एक पटक आधा किलो र अर्को पटक दुई किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका थिए ।