logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


अंकुरण खबर
1.3K
Shares

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने अभियुक्तलाई बचाउन भनेर घुस लिने महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक (इन्सपेक्टर) विरुद्ध ४० लाख रुपैयाँ बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अपराध महाशाखाका इन्सपेक्टर जय नेपाल थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

इन्सपेक्टर थापाले वैदेशि रोजगारीमा ठगी गरेको उजुरी परेका अभियुक्तलाई पक्राउ गर्नुपर्नेमा मुद्दा नै मिलाइदिन्छु भन्दै ४० हजार घुस लिएका थिए । अख्तियारको टोलीले केही दिन अगाडि थापालाई ४० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

थापाविरुद्ध ४० हजार बिगो तथा बिगोअनुसार जरिवानासहित ४ महिना कैद सजायको मागदाबी गरेको छ ।