logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘ए’ डिभिजन लिग : पाँचौ चरणका खेलहरु आजदेखि, को-को भिड्दै ?


अंकुरण खबर
1.352K
Shares

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग अन्तरगत पाँचौ चरणका खेल शुरु हुँदैछन् । आज हुने दुबै खेल दशरथ रंगशालामा हुनेछन् ।

आज हुने पहिलो खेलमा न्यूरोड टिम एनआरटी र जावलाखेल युथ क्लब भिड्नेछन् । खेल मध्यान्न १२ बजेबाट शुरु हुनेछ । लिगमा अन्डरडगका रुपमा देखिएको जावलाखेल स्पष्ट ३ अंकको खोजीमा रहेको छ ।

लिगमा ८ अंकसहित चौथो स्थानमा रहेको जावलाखेल एनआरटीलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ भने ४ अंकसहित आठौं स्थानमा रहेको एनआरटी शीर्ष ६ मा अटाउने योजनामा छ ।

आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र मछिन्द्रबीच भिडन्त हुँदैछ । मनाङमा रहेका अधिकांश खेलाडी यो लिगमा मछिन्द्रबाट खेल्दैछन् ।

खेल ३ बजे रंगशालामा हुनेछ । कप्तान विराज महर्जनसहित १२ जना खेलाडीले एकै पटक मछिन्द्रमा जाँदा मनाङ कमजोर भएको आँकलन गरिएको थियो । तर, मनाङ अपराजित रहँदै शीर्ष स्थानमा छ।

कमल श्रेष्ठले नेतृत्व गरिरहेको मनाङलाई आफ्ना पूर्व सहकर्मीहरुसँग जीत हात पार्नुपर्ने मुख्य चुनौती छ । समान ४ खेल खेलेका यी दुवै टोलीले ३ खेलमा जीत र एक खेलमा बराबरी खेलेका छन् । तर, मछिन्द्र अघिल्लो बर्ष लिगको अन्तिम दोस्रो स्थानमा रहेका कारण १ अंक घटेपछि अहिले जम्मा ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

शनिबार देखि शुरु हुनुपर्ने पाँचौ चरणका खेल वर्षाका कारण सोमबारका लागि सारिएका हुन् ।