नेपाली भूमिमा घुसेर भारतीय प्रहरीले एक नेपालीलाई जबर्जस्ती पक्राउ गरेर लगेको छ।
कपिलबस्तुको यशोधरा गाउँपालिका–८ मटेरियाका मुवारक खाँलाई भारतीय सुरक्षाकर्मीले आइतबार दिउँसो मर्यादपुर बजारबाट पक्राउ गरेको हो। आफन्तको मोटरसाइकल वर्कसपमा बसिरहेका खाँलाई भारतीय सुरक्षाकर्मीले जबर्जस्ती यूपी५५एक्स ०१०१ नम्बरको सेतो स्कार्पियोमा राखेर लगेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
भारतीय प्रहरीसँग सोध्दा एसओजी इन्टेलिजेन्सले लगेको बताएका छन् भने नेपाली प्रहरीले यस बारेमा थप अनुसन्धान भइरहेको जनाएका छन्।
भारतीय सुरक्षाकर्मीले सीमाको मर्यादपुर प्रहरी चौकी र बीओपी डंगरीको सशस्त्र प्रहरीलाई छल्दै खाँलाई सीमा कटाएका थिए।