काठमाडौं – नेपाली बजारमा साताको दोस्रो दिन सोमबार पनि आइतबारको रेकर्डलाई तोड्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला ५ सयले बढेर ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाल सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै सोमबार तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।