logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खाडीमा कार्यरत नेपालीलाई दूतावाससँग सम्पर्कमा रहन आग्रह


अंकुरण खबर
741
Shares

अमेरिका र इरानबीच तनाव चुलिएपछि परराष्ट्रले दूतावासलाई खाडी र मध्यपूर्व क्षेत्रमा रहेका नेपालीहरुलाई सम्पर्कमा रहन आग्रह गरेको छ।

खाडीमा तनाव बढ्दै गएपछि आइतबार परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीले यसबाट प्रवासमा रहेका नेपालीमा पर्नसक्ने असर र त्यसबाट सुरक्षित रहने उपायबारे छलफल गरेका छन्।

यस क्षेत्रमा रोजगारीका शिलशिलामा लाखौं नेपालीहरु रहेका छन्। नेपालका सरकारी अधिकारीहरुले सम्बन्धित देशका दूतावासलाई विकसित परिस्थितिबारे बुझ्न र खाडी क्षेत्रमा कार्यरत नेपालीहरुलाइ दूतावासको सम्पर्कमा रहन आग्रह गरेको छ।

खाडीमा कार्यरत नेपालीहरुलाई सुरक्षित राख्न सरकारले गम्भीरता देखाएको हो। इरान अमेरिका तनावको कोपभाजनमा फसेको द्वन्द्वग्रस्त इराकमा पनि करिब १५ हजार नेपालीहरु रहेको अनुमान छ।

यद्यपीः सरकारसँग त्यहाँ रहेका नेपालीहरुको एकीन तथ्यांक छैन। इरानमा पनि हजारौं नेपालीहरु रहेको हुनसक्ने अनुमान छ।