logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरी आचरण विरुद्धको कारबाही गर्न टोली गठन


अंकुरण खबर
1.235K
Shares

काठमाडौं – महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी आचरण विरुद्धको कारबाही गर्न एक टोली बनाएको छ।

कार्यालयका एसपी रेवती ढकालको कमाण्डमा ५ सदस्यीय टोली सोमबार गठन गरिएको हो । आर्थिक अनियमितता शून्य सहनशीलता, प्रहरी आचरण तथा व्यवहारको मुल्याकंन, आन्तरिक र बाह्यसम्बन्ध र समन्वयको अवस्थालगायतका बारेमा एसपी ढकालको टोलीले अध्ययन गरी कारबाही गर्नेछ।

प्रहरी पोशाकको प्रयोगमा चुस्तदुरुस्ताको मूल्याकंन, मानवअधिकार संरक्षण, बालबालिका, जेष्ठ नागरिक तथा फरक क्षमताका नागरिकप्रति प्रहरीको व्यवहारका बारेमा पनि ढकालको टोलीले अनुगमन गरी कारबाही गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।