logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिसोबाट पीडित विपन्नलाई नेकपाद्वारा कम्बल वितरण


अंकुरण खबर
1.118K
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिसोबाट पीडित कलैयाका विपन्न परिवार कम्बल बितरण गरेको छ।

सोमबार कलैया उपमहानगरपालिका–३ को आयोजनामा ५० भन्दा बढी परिवारलाई कम्बल बितरण गरिएको हो । तराई मधेसमा चिसो बढ्दै गएपछि पीडित विपन्न परिवारलाई सहयोग पुग्ने गरी कम्बल बितरण गरिएको नेकपा बाराका सदस्य मुकेश साहले बताए ।

‘अहिले कलैयासहित तराई मधेसमा चिसो बढेको छ’ साहले भने, ‘विपन्न परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले नेकपाले कम्बल बितरण गरेको हो ।’

कम्बल बितरण कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्धय बलवीर चौधरी, ज्वालाकुमारी साह, जिल्लाका नेताहरु अमृत शर्मा बजगाईलगायतको सहभागिता रहेको थियो ।