logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हङकङमा नेपाल भ्रमण वर्षको भव्य उदघाटन


अंकुरण खबर
3.536K
Shares

हङकङमा नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि हङकङका एक्सन कमसिनर कमिसन अफ टुरिजम मिस चोईले औपचारिक उद्घाटन गरेको हो ।

नेपाली महावाणिज्य दूतावास हङकङको आयोजना गैर-आवासीय नेपाली संघ हङकङ र नेपाल वायुसेवा निगमको सह-आयोजनामा भएको कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिसहित विभिन्न सांस्कृतिक वेशभूषामा सजिएर नेपाल भ्रमण वर्षको प्रचार पनि गरिएको थियो ।

नेपाल भ्रमण वर्षको उद्घाटन लगत्तै ५ खुला बसमा नेपाल भ्रमण वर्ष प्रवर्द्धनका ठूला ब्यानर लगाएर प्लेकार्ड तथा विभिन्न झाँकीसहित डेढ घण्टा हङकङ साइट परिक्रमा गरिएको नेपाल भ्रमण वर्ष प्रवर्द्धन समिति सदस्य-सचिव तथा गैर-आवासीय नेपाली संघ हङकङकी अध्यक्ष राधिका गुरुङले जानकारी दिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ हङकङ, नेपाली महासंघ जन-सम्पर्क हङकङ, प्रवासी नेपाली एकता मञ्च हङकङ, नेपाली समाज हङकङलगायत संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।