काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको बुहप्रतिक्षित मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लबबीचको खेलको पहिलो हाफ सकिँदा मनाङले पहिलो हाफमा १-० गोलको अग्रता बनाएको छ ।
त्रिपुरेश्वोरस्थित दशरथ रंगशालामा आज भएको खेलमा मनाङले पहिलो मिनेटमा नै अग्रता बनायो । मनाङका लागि खेलको पहिलो मिनेटमा फेमी जोसुवाले गोल गरेका हुन् ।
सोमबारको खेलमा दुबै टोलीले जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छन् । पछिल्लो समय मच्छिन्द्रलाई प्रतियोगिताको उपाधि दाबेदार टोलीको रुपमा हेरिएको छ । उता मनाङ प्रतियोगिताको साविक विजेतासँगै उपाधि दाबेदार टोली हो ।
लिगमा चार खेल खेलेको मनाङ तीन जित र एक बराबरी खेल्दै १० अंकसँगै लिगको शीर्ष स्थानमा छ । समान खेल खेलेको मच्छिन्द्र तीन जित र एक बराबरीसँगै ९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
आजको खेलमा जित निकाल्दै मनाङ शीर्ष स्थानमा यथावत हुने योजनामा छ । मच्छिन्द्र भने मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लने योजनामा छ ।