सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सिरहाकै धनगढीमाई नगरपालिका निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको हो ।
सिरहाका १९ वर्षीया युवतीलाई मोबाइल चार्ज गरिदिने नाममा कोठाभित्र लगेर जबर्जस्ती सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेका प्रहरीले युवतीलाई उद्धार गरी दुवै जनालाई पक्राउ गरेको छ ।
पीडित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।