logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गाडीमा लेखिएका चुत्किला मेट्नेदेखि जरिवाना बढाउने तयारी


अंकुरण खबर
5.018K
Shares

काठमाडौं- यातायात व्यवस्था विभागले सडक दुर्घटना न्यून गर्न भन्दै विभिन्नखाले मापदन्डहरु अघि सारेको छ ।

ट्रकहरुमा लेखिने आकर्षक मुक्तक तथा उखान–टुक्का मेटाउनेदेखि ट्राफिक नियम उल्लंघनको जरिवानाको रकम उच्च दरले बढाउनेसम्मका मापदन्ड अघि सारिएको छ ।सडक दुर्घटना कम गर्नका लागि विभिन्न प्रयोगहरु गर्दै आएको यातायात व्यवस्था विभागले गाडीमा लेखिएका गीत, कविता, मुक्तक, उखान–टुक्का र नाराहरु मेट्न निर्देशन दिएको छ ।

त्यसैगरी, गाडीका सिसामा स्टिकर वा अन्य कुनै चिज नटाँस्न र नझुन्ड्याउन तथा गाडीका क्याबिनमा सजावटका सामान वा म्युजिक सिस्टम नराख्न पनि विभागले आग्रह गरेको छ । दुर्घटना हुनुको ८० प्रतिशत कारण चालकको लापरबाही भएको निष्कर्ष निकाल्दै विभागले चालकको ध्यान अन्यत्र मोड्ने सामग्रीहरु गाडीबाट हटाउन सुझाव दिएको यातायत व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले बताए । चप्पल लगाएर गाडी चलाउँदा पनि दुर्घटना हुने सम्भावना देखिएको भन्दै जुनसुकै गाडीका चालकले अनिवार्यरुपमा जुत्ता लगाउनुपर्ने नियम पनि ल्याइएको छ ।