logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नापी कार्यालयका सर्वेक्षक ७५ हजार घुस सहित अख्तियारको नियन्त्रणमा


अंकुरण खबर
1.001K
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज–९, रानीघाटस्थित नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई ७५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार नापी कार्यालय अन्तर्गत २ नं। नापी टोलीको कार्यालयबाट पासवानलाई सोमबार पक्राउ गरेको हो ।

सर्वेक्षक पासवानले जग्गा हाल साबिक गरी पुनः नापी जग्गाधनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस मागेका थिए । पासवानले घुस मागेको सूचनापछि स्ट्रिड अप्रेसन गरेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।