logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पश्चिमी क्षेत्रमा पानी पर्ने, उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना


अंकुरण खबर
923
Shares

काठमाडौं – पश्चिमी वायुको प्रभावले मंगलबार पश्चिममा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ ।

यस्तै आज यही प्रणालीको असरले पश्चिमको मौसम पूर्णरुपमा नखुल्ने तर मध्य र पूर्वको मौसम भने एकैछिन खुल्ने र बादल लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार आज मध्य र पूर्वको एक दुई ठाउँमा पानी पर्ने सम्भावना छ ।

तर अहिले पश्चिममा वर्षासहित बदली गराएको पश्चिमी वायु पूर्वतिर सर्ने क्रममा रहेकाले बुधबार काठमाडौसहित मध्य र पूर्वमा पनि पानी पर्ने छ ।

यो प्रणाली आउँदो शुक्रबारसम्मै रहने भएकाले चिसो अझै बढ्ने बताइएको छ । चिसोबाट बच्न न्यानो कपडा लगाउन, तातो र झोलिलो पदार्थ खान डाक्टरहरुले सुझाव दिएका छन् ।