logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लोकसेवा आयोगले एक हजार नायब सुब्बाको विज्ञापन गर्दै


अंकुरण खबर
1.105K
Shares

काठमाडौं – लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधबार एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने गृहकार्य अन्तिम चराणमा पु¥याएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमाबार नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायब सुब्बाको विज्ञापन गर्ने निश्चित भएको समाचार राजधानी दैनिकमा छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघअन्तर्गत देशभरका विभिन्न कार्यालयमा गरी नायब सुब्ब स्तरका एक हजार पद रिक्त छ। सोही रिक्त पदमा सम्बन्धित कार्यालयको मागका आधारमा लोकसेवा आयोगले पदपूर्ति गर्न लागेको हो।