logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग : आज हिमालयन शेर्पा र फ्रेण्ड्स भिड्दै


अंकुरण खबर
884
Shares

काठमाडौं – काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज एक खेल हुँदैछ ।

मंगलबार हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब आमने सामने हुँदैछन् । दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

खेलमा दुवै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने छन् । दुवै टिम पहिलो जित निकाल्दै लिग तालिकामा सुधार गर्न चाहन्छन् ।

लिगको ४ खेल सकिदाँ दुवै टिमले जित निकाल्न सकेका छैनन् । शेर्पा २ अंक सहित तालिकाको १२ औं स्थानमा छ भने फ्रेण्ड्स क्लब १ अंकसहित १३ औं स्थानमा छ ।