काठमाडौं – आज सुन चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन ५ सय र चाँदी २० रुपैयाँले घटेको हो । सुनको मूल्य शुक्रबारबाट बढ्दै गएको थियो ।
मंगलबार छापावाला सुन ५ सय रुपैयाँले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुन तोलामा ७६ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज २० रुपैयाले घटेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।