logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बस दुर्घटनामा कांग्रेस नेताको मृत्यु


अंकुरण खबर
832
Shares

पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा बस दुर्घटनामा परी नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ ।

महोत्तरीको मनरासिस्वा नगरपालिका-१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय कांग्रेस नेता रायको आज बिहान मृत्यु भएको हो । काठमाडौंबाट जादै गरेको ना५ख ६४११ नंको गङ्गोत्री बसले उखु लोड गरी रोकिराखेको ना४ख ५८१३ नंको ट्रकमा बस ठोकिएर बस दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका रायलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पु(याइएकोमा चिकित्सकले मृत घोषणा गरेको आफन्तले जानकारी दिएका छन् । नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका थिए ।

दुर्घटनामा १८ जना अन्य कांग्रेसकै नेता तथा कार्यकर्तासहित सर्वसाधारण यात्रु पनि घाइते भएका छन् । उनीहरुको बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।