logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक पक्राउ


अंकुरण खबर
793
Shares

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका- १५ चौमतीस्थित सडकबाट प्रदेश नम्बर ३-०२-००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङ आज बिहान पक्राउ परेका हुन् ।

तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।