logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१५ वर्षीया किशोरीको कुटेर हत्या, आमासहित चारजना पक्राउ


अंकुरण खबर
4.394K
Shares

पर्सामा १५ वर्षीया छोरी पुनिता कुरमारीको हत्या आरोपमा आमासहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरिया गाउँपालिका– ९ सेमरबारी बस्ने किशोरीकी आमा शिवकली देवी, काका सन्तोष दास तत्वा, राजेन्द्र दास तत्वा र ट्याक्टर चालक जितेन्द्र यादव रहेका छन् ।

पुनिताका बुबा वीरेन्द्र दास भने फरार छन् । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमन्द्रसिहं राठौंरका अनुसार पुनिता हत्याको घटनाबारे अनुसन्धान जारी छ । पुनितालाई केटाको फोन आउँदा कुटिएको र कुटपिटकै क्रममा ज्यान गएपछि घरनजिकैको खेतमा जलाएर गाडेको जस्तो देखिएको प्रहरीले जनाएको छ । केही अवशेष फेला परेका छन् ।

प्रहरीका अनुसार २२ दिनअघि पुनिता हराएको सूचना प्रहरीमा पुगेको थियो । उजुरी भने कसैले दिएका थिएनन् । प्रहरीले सूचनाकै आधारमा पुनिताको खोजी कार्य सुरु गरेको थियो ।