logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरको बालकोटबाट अवैध लागूऔषध गाँजासहित एक पक्राउ


अंकुरण खबर
728
Shares

सूर्यबिनायक नगरपालिका-२ बालकोटबाट प्रहरीले करिब १ किलो अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कौशलटार बस्ने दोलखा भिमेश्वर नगरपालिका-५ घर भएका ६५ वर्षीय सत्यमान तामाङ रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी सोमबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।