पर्यटनमन्त्री योगेश भट्टराईको नेतृत्वमा अस्ट्रेलियाको सिड्नीमा आयोजित प्रचारप्रसार र्यालीमाथि सिड्नी प्रहरीले रोक लगाएको समाचारको मन्त्री भट्टराईले खण्डन गरेका छन् ।
भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न उनी हाल अस्ट्रेलियामा विभिन्न प्रचारात्मक कार्यक्रममा ब्यस्त छन् । केही विदशीसहित नेपाली मिडियामा भट्टराईको नेतृत्वमा बिनाअनुमति र्याली आयोजना भएपछि प्रहरीले रोक लगाएको समाचार आएको थियो ।
तर, मन्त्री भट्टराईले आफ्नो फेसबुक पेजमार्फत त्यसको खण्डन गरेका हुन् । भट्टराईले उक्त समाचार गलत भएको स्पष्ट पारेका छन् ।