logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर मौसममा बदली, काठमाडौंमा भोलि पानी पर्ने


अंकुरण खबर
832
Shares

पश्चिमी वायुका कारण अहिले देशभरको मौसममा बदली आएको छ ।

पश्चिमी वायुको प्रभाव निरन्तर देखिएकोले अहिले पश्चिमी भूभागमा पूरै बदली छ । काठमाडौंमा पनि मौसममा बदली आएको छ। काठमाडौंमा भोलि पानी पर्न सक्ने सम्भावना देखिएको छ ।

यसैबीच पश्चिमी वायुको प्रभावले अहिले मुलुकका विभिन्न स्थानमा भारी हिमपात र वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव शनिबारसम्मै रहने भएकाले विस्तारै पूर्वतर्फ पनि यो असर देखिनेछ । यो प्रणाली आउँदो बुधबारदेखि भने देशैभर फैलिने मौसमविद् जनाएको छ । मौसमविद्का अनुसार बिहीबार र शुक्रबार पनि त्यसको असर देशैभरी देखिनेछ र आगामी शनिबारदेखि मात्रै मौसममा सामान्य सुधारको अवस्था देखिनेछ ।