logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मौसम : आज सामान्य वर्षादेखि भारी हिमपातको सम्भावना


अंकुरण खबर
728
Shares

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पश्चिमी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।

पश्चिमी वायूको प्रभावस्वरुप सामान्य वर्षादेखि हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ।

आज राति देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

आज र भोलि वर्षा र हिमपातको सम्भावना रहेको र यसकै कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।