द्वन्द पीडित रास्ट्रिय संजालले सत्यनिरूपण एवं मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा राजनीतिक हस्तक्षेपका कारण असक्षम ब्यक्तिहरू सिफारिस हुन लागेको आरोप लगाएको छ ।
दुबै आयोगमा राजनीतिक दलहरूले आफु निकटका ब्यक्तिहरूलाई अगाडि सारेको जसले द्वन्द पीडित व्यक्तिको हकका प्रभावकारी काम गर्न नसक्ने द्वन्द पीडित रास्ट्रिय संजालका बरिस्ठ उपाध्यक्ष फडिन्द्र लुइँटेलले बताए ।
दलहरूको बीचमा पुर्व सभामुख सुभाष नेम्वाङको सिफारिसमा सत्य आयोगमा काँग्रेस निकट गणेशदत्त भट्ट र बेपत्तामा नेकपाबाट नेपाल सरकारका पुर्व कर्मचारी युवराज सुवेदी ल्याउने दलहरुबीच सहमति भएको उपाध्यक्ष लुईटेलले बताए ।
उनले आयोगमा योग्य व्यक्ति नआए सिंगो संक्रमण कालिन न्याय प्रकृयाका लागि घातक हुने भएकाले यस तर्फ सचेत हुन सरोकारवालाहरूलाई आग्रह समेत गरेका छन् । ऐन संसोधन गरेर मात्र आयोग गठन, पदाधीकारी नियुक्त गर्नु वैज्ञानिक हुने लुइँटेलको तर्क थियो ।