logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ


अंकुरण खबर
1.001K
Shares

रुपन्देहीको सियारी गाउँपालिका–१ मा ह्याम्मरले हानेर श्रीमतीको हत्या गर्ने एक श्रीमान पक्राउ परेका छन् ।

मंगलबार राति ३० वर्षीय सनी कुमाललाई प्रहरीले पक्राउ गरेको छ । कुमालले ३० वर्षीया श्रीमती कान्छी सुवेदी कुमाललाई ह्याम्मर प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका कुमालले सामान्य विवादकै कारण श्रीमतीलाई ह्याम्मर प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।