महानगरीय प्रहरी वृत सातदोबाटोको टोलीले जुवातास खेल्ने ५ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले मंगलवार राति ललितपुर महानगरपालिका-१४ ताल्छिखेलस्थित चन्द्र बहादुर देवाङको टहरामा जुवा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले देवाङसहित ५ जनालाई नगद १ लाख ८० हजार ८ सय रुपैयाँको साथमा नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।