logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेको वृद्धिमा ब्रेक, ७ अंकले घट्यो परिसूचक


अंकुरण खबर
1.326K
Shares

यो साता कारोबारको पहिलो तीन दिन लगातार दोश्रो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार भने ब्रेक लागेको छ।

बुधबार परिसूचक ७ दशमलब शुन्य ८ अंकले घटेर १ हजार २ सय ९ दशमलब ८४ अंकमा कायम भएको छ।

बुधबार १ सय ६९ वटा कम्पनीको १७ लाख २० हजार ९ सय ८६ कित्ता सेयर ८ हजार ३ सय २७ पटक खरिदबिक्री हुँदा ५९ करोड ८० लाख ५६ हजार ३ सय २२ रुपैयाँ बराबरको कारोबार भएको छ।

वित्त समूह, उत्पादन समूह, लघुवित्त समूह र म्युचुअल फण्ड समूह क्रमशः १ दशमलब शुन्य ३,७ दशमलब ६, १३ दशमलब ८२ र शुन्य दशमलव शुन्य अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ६१ दशमलब २८ अंकले घटेको छ।

वमी माइक्रोफाइनेन्सको सबैभन्दा धेरै ७ करोड ३ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएृको छ। सबैभन्दा धेरै कमाउनेमा समता माइक्रोफाइनान्सका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा लुम्बिनी विकास बैंक लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलब ३५ प्रतिशतका दरले गुमाएका छन्।