logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

रुकुम पश्चिममा जिप दुर्घटना : १२ जना घाइते


अंकुरण खबर
689
Shares

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

डोल्पाको खदाङबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोट तर्फ जाँदै गरेको ग १ ज ५२०१ नम्बरको जिप  आज सडकबाट झण्डै ७० मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइते सबैको आठबीसकोट नगर अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन् ।  गाडी चालक भने फरार रहेका छन् ।