logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि मौसम सुधार नहुने


अंकुरण खबर
702
Shares

काठमाडौं – आज काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ ।

पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले आज देशभरको मौसम सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ । हिजोदेखिको वर्षाले उच्च हिमाल भेगमा हिमपात भइरहेको पनि महाशाखाले जानकारी दिएको छ ।

काठमाडौंमा बिहानदेखि हल्का वर्षा भइरहेको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ६ दशमलब १ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १० देखि १२ डिग्री सेल्सियसबीच रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार पनि मौसम बदली नै हुने जनाइएको छ ।

वर्षा र हिमपातका कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुका साथै यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।