logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुस ११ का निर्णय सच्याउनु पर्ने मागसहित कांग्रेसका जिल्ला सभापतिहरुले देउवालाई भेट्दै


अंकुरण खबर
884
Shares

काठमाडौं – नेपाली कांग्रेस असन्तुष्ट पक्षका सभापतिहरुले आज पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने भएका छन् ।

पार्टी नेतृत्वले एकलौटी ढंगले पार्टी चलाएको र बहुमतका आधारमा महाधिबेशनको मिति तोक्ने लगायतका काम गरेको भन्दै कांग्रेसको असन्तुष्ट पक्षले संस्थापन पक्षलाई दवाव दिने र निर्णय सच्याउन लगाउने उद्धेश्ले जिल्ला सभापतिहरुको भेला बोलाएको थियो ।

पार्टी केन्द्रीय कार्यलय सानेपामा ३ दिन सम्म चलेको सभापतिहरुको भेलाले पार्टी सभापतिलाई निर्णय सच्याएर सहमतिका साथ अगाडी बढ्नका लागि दवाव दिने निर्णय गरेको थियो । भेला चलिरहेकै समयमा सभापति देउवाले आज विहान १० बजे बुढानिलकण्ठ स्थित आफ्नै निवासमा जिल्ला सभापतिहरुलाई छलफल का लागि बोलाएका छन्।

नेपाली कांग्रेसका काभ्रे जिल्ला सभापति मधु आचार्यका अनुसार काठमाडौँमा जम्मा भएका सभापतिहरुले आज देउवालाई भेटेर भेलाको निस्कर्ष सुनाउने र यस अघिका निर्णय सच्याएर सहमतिका साथ अगाडी बढ्न आग्रह गर्ने छन् ।