logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुरमा जीप दुर्घटना : दुईको मृत्यु, चार जना घाइते


अंकुरण खबर
1.222K
Shares

उदयपुरको ताप्ली गाउँपालिका-२ धपेनीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

उदयपुरकै रामपुर झिल्केबाट कटारीतर्फ आउँदै गरेको मे१ज २६६२ नम्बरको बोलेरो जिप बुधबार साँझ सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो ।

दुर्घटनामा जिपमा सवार स्थानीय २६ वर्षीय मिलन राई र जीपधनी झापाको विर्तामोडका ३३ वर्षीय महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका जीप चालकसहित चार जनाको कटारी अस्पतालमा उपचार भइरहेको छ ।