मकवानपुर प्रहरीले भारतीय नम्बर प्लेटको कारमा लागू औषध तस्करी गर्ने २ जनालाई बुधबार पक्राउ गरेको छ ।
मकवानपुरको मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बीआर-०१ सीएम ६२४६ नम्बरको कारमा लुकाएर राखिएको लागू औषध गाँजा १० किलो १ सय ८० ग्रामसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कार चालक सर्लाहीको हरिपुर नगरपालिका-९ घर भएका २४ वर्षी रंजित कुमार गुप्ता र कारमा सवार सर्लाहीको हरिपुर नगरपालिका–९ बस्ने ३१ वर्षी बालकृष्ण गुप्ता छन् ।
प्रहरीले गाँजासहित पक्राउ परेकाहरुलाई हिरासतमा लिइ थप अनुसन्धान अगाडि बढाएको छ ।