काठमाडौं – आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन १ हजार र चाँदी २० रुपैयाँले घटेको हो ।
बिहीबार छापावाला सुन तोलामा १ हजारले घटेर ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुन तोलामा ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज २० रुपैयाले घटेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।