logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सहकारी चोरीको आरोपमा पक्राउ परेका तीन जना सार्वजनिक


अंकुरण खबर
715
Shares

सहकारी चोरीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यालयले चोरीका आरोपित ३९ वर्षीय कृष्णराज लामा, २८ वर्षीय धनबहादुर रूम्बा र २८ वर्षका सन्जिवकुमार लामालाई बिहीबार सार्वजनिक गरेको हो । उनीहरू तीनै जना ईन्द्रसरोवर गाउँपालिका(५ मधुवनका हुन्।

उनीहरूमाथि मकवानपुरको थाहा नगरपालिका-६ बज्रबाराहीस्थित बज्रबाराही बचत तथा ऋण सहकारी संस्थामा चोरी गरेको आरोप छ ।

गत २० पुसमा सहकारीबाट ४ लाख २० हजार रुपैयाँ चोरी भएको थियो। राति कार्यालय प्रवेश गरेर उनीहरूले चोरी गरेको प्रहरीको दाबी छ।

उनीहरूको साथबाट २ लाख ४ हजार ८ सय ८५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, चोरीमा प्रयोग भएका २ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

मुलुकी अपराध संहिता, २०७४ को चोरी तथा डाकासम्बन्धी कसुर बमोजिम उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।