सल्यानको बनगार कुपिण्डे नगरपालिका–११ मा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबिहारको फोर्स यात्रुवाहक बस दुर्घटनामा परेको हो ।
सबै घाइतेहरुलाई उपचारको लागि सुर्खेतको मेहलकुना पठाइएको सल्यान प्रहरीले जनाएको छ । यात्रुवाहक बस सडकबाट करिब २ सय मीटर तल खसेको थियो ।