logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मलेसियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु


अंकुरण खबर
819
Shares

क्वालालम्पुर – मलेसियामा भएको कार दुर्घटनामा २ नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं घर भई मलेसियाको निलाईमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका राजु श्रेष्ठ र सुर्खेत घर भएका रमेश पोखरेल रहेका छन् ।

क्वालालम्पुर स्थित एयरपोर्ट जाने राजमार्गमा कार दुर्घटनामा परेको हो । आज बिहान करिब साढे ५ बजे कम्पनिमा खाना पुर्याएर फर्किने क्रममा बिपरित दिशाबाट आएको लोरिले ठक्कर दिँदा गाडिमा सवार दुबै जनाको मृत्यु भएको जनाइएको छ ।