काठमाडौं – केही समयदेखि निरन्तर बढेको प्याजको मूल्य बिहिबारबाट घट्न थालेको छ ।
भारतीय बजारमा प्याजको नयाँ उत्पादन शुरु हुन थालेपछि प्याजको मुल्य घटेको हो । बुधबार सम्म २ सय ५० रुपैयाँ रहेको प्याजको मूल्य आज एकैदिनमा ३० रुपैयाँले घटेको हो ।
बिहीबार भारतिय प्याज प्रतिकेजी १ सय ३० रुपैयाँ र थोक बजारमा १ सय १५ रुपैयाँ प्रतिकेजी प्याजको मूल्य रहेको कालिमाटी बजार व्यवस्थापन समितिले जनाएको छ ।