logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसिसी विवाद : वैदेशिक लगानीमा देखिएका समस्या समाधान गर्न संयन्त्र गठन


अंकुरण खबर
1.092K
Shares

सरकारले वैदेशिक (द्विपक्षीय र बहुपक्षीय) लगानी सम्झौताको कार्यान्वयनमा सृजना भएका वा हुने विवादहरूको निरुपण र प्रतिरक्षा गर्न संयन्त्र गठन गरेको छ।

सरकारले अर्थ मन्त्रालयका सचिव (राजस्व) शिशिर कुमार ढुंगानाको संयोजकत्वमा ८ सदस्यीय संयन्त्र गठन गरेको हो।

बिहीबार एक आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले द्विपक्षीय र बहुपक्षीय लगानी सम्झौताको कार्यान्वयनमा सृजना भएका वा हुने विवादहरूको निरुपण र प्रतिरक्षा गर्नको लागि अर्थ मन्त्रालयका सचिव (राजस्व) को संयोजकत्वमा ८ सदस्यीय आवश्यक तयारी संयन्त्र गठन गर्ने निर्णय गरिएको जानकारी दिए ।

नेपालले विभिन्न देशहरूसँग द्विपक्षीय र बहुपक्षीय लगानीमा अर्बौ रुपैयाँका आयोजनाहरू सञ्चालन गरिरहेको छ। यस्ता आयोजनाहरू सञ्चालन गर्ने क्रममा विवाद निस्किएपछि सरकारले समाधान खोज्नको लागि संयन्त्र गठन गरेको हो।

हालै अमेरिकाले मलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत नेपाललाई दिएको करिब ५६ अर्ब रुपैयाँको कार्यान्वयनलाई लिएर विवाद उठेपछि सरकारले यस्तो संयन्त्र गठन गरेको हो।