वर्षै पिच्छे संयुक्त राष्ट्रसंघको सहयोग मिसनमा साथ दिदै आएको विर गोर्खाली नेपाली सेनालाई सर्तकता रहन नेपाली सेनाले निर्देशन दिएको छ ।
इराक, लेबनान र सिरियामा तैनाथ नेपाली सेनालाई सर्तकता अपनाउन नेपाली सेनाले निर्देशन दिएको हो । सेनाको जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ती जारी गर्दै शान्ति सेनालाई उच्च सुरक्षा सर्तकताका साथ रहन निर्देशन दिएको बताएको छ ।
सेनाले इराकमा तैनाथ नेपाली शान्ति सैनिक सकुशल रहेको समेत बताएको छ । संयुक्त राष्ट्रसंघको सहयोग मिसन अन्तर्गत नेपाली सेनाको गार्ड युनिट इराकको किरकुक र इरबिलमा तैनाथ छ।
विज्ञप्तीमा इराकमा तैनाथ सैनिक युनिटलाई विशेष सुरक्षा सर्तकता अबलम्वन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा सेनाको मिसन मुख्यालय र शान्ति सेना सञ्चालन निर्देशनालयको निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको छ ।