logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंबाट २ जना गुण्डा नाइके पक्राउ


अंकुरण खबर
2.899K
Shares

काठमाडौं – महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न दुइ जनालाई आज पक्राउ गरेको छ ।

विभिन्न व्यापारी तथा व्यक्तिलाई हातहतियार देखाई जबरजस्ती असुली गर्दै आएका गुण्डा नाइकेहरु देवेन्द्र घर्तीमगर र सुजन पौडेल पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये बाग्लुङको ढोरपाटन घर भएका देवेन्द्र बहादुर घर्तीमगरले २०६४ गुण्डा नाइके रमेश बाहुनलाई गोली हानी घाइते बनाएका थिए । देवेन्द्रले उक्त प्रकरणमा ज्यान मार्ने उद्योगको मुद्दामा ४ वर्ष कैद सजाय समेत भुक्तान गरेका थिए ।

यस्तै, धादिङको निलकण्ठ नगरपालिका–३ का सुजन पौडेलले २०७१ सालमा गुण्डा नाइके राधे भण्डारीका कार्यकर्ता काजी शाक्यलाई खुकुरी हानी घाइते बनाएका थिए । उनले उक्त प्रकरणमा ज्यान मार्ने उद्योगअन्तर्गत ११ महिना जेल सजाया भुक्तान गरेका थिए ।