नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले बोली अनुसार काम गर्न नसकेकाले जनताको मुख थुन्न सूचना प्रविधि विधेयक ल्याएको आरोप लगाएका छन् ।
कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बिहीबार विधेयकको विरोधमा माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले काम गर्ने हेतु नभएकाले विधेयक ल्याएर डर देखाउन खोजेको जीकिर गरे ।
कार्यक्रममा नेता थापाले“यो रातारात आएको होइन प्रधानमन्त्री बलियो भएर आएको होइन । प्रधानमन्त्री लुते भएर आएको हो । प्रधानमन्त्री कायर भएर आएको हो । उहाँलाई आलोचना गरेको सहन सक्नुहुन्न । म काम गरेर उत्तर दिन्छु । आलोचना गर्नेहरुका मुख म काम र परिणामले बन्द गर्दिन्छु भन्ने हिम्मत नेपालको प्रधानमन्त्रीसँग रहेन ।”
संसदीय समितिले पारित गरेको विधेक प्रतिनिधसभाबाट पारित भएर कानुनी मान्यता पाए जनताका अधिकार खोसिने उनको भनाई थियो ।
त्यस्तै उनले थपे “माननीय मन्त्रीजीले भन्नुभएछ । विधेयक नपढीकन आयो । यो विधेयकमा कहाँ छलफल गर्ने मन्त्रीजी ? सिंहदरबारमा गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघरमा गर्ने हो कि तिम्रो कार्यालय धुम्बाराहीमा गर्ने हो ? नपढीकन आएको होइन । पढेर बुझेर आएको हुँ । हेप्ने हाम्लाई नपढीकन आयो भन्ने ? हामीले बुझेर आएको हो । पढेर आएको हो ?”
बिरोध कार्यक्रममा
यतियति पानी
बालुवाटारकी रानी
नेपाल ट्रष्ट खानी
त्यतिलेख्यो भने ५ वर्ष जेल जानी लगाएतका व्यांयात्मक नारा लेखिएका प्लेकाड,व्यानर सहित प्रदर्शन गरेका थिए ।