काठमाडौं – देशका पूर्वी र मध्य पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ । मध्य र पूर्वी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
काठमाडौं उपत्यकामा अहिले बिहानको न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस रहेको छ ।