logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणगढ-मुग्लिन सडक पूर्णरुपमा सञ्चालन


अंकुरण खबर
1.235K
Shares

काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

सवारी साधान रोकेर पहिरो नियन्त्रणको कार्य सकेर पूर्णरूपमा सडक सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी तथा इञ्जिनियर शिव खनालले जानकारी दिए ।

दिउँसोको समयमा दैनिक चार घण्टा सवारी साधन रोकेर पहिरो नियन्त्रणको काम हुँदै आएको थियो । अब बाँकी रहेका काम अन्य दिनमा केही समय सवारीसाधन रोक्दै पूरा गरिने खनालले बताए ।

नारायणघाट मुग्लिन सडकमा बाँकी रहेका आठ ठाउँमा पहिरो रोकथामको काम गरिएको हो । गएको मङ्सिर २७ गतेदेखि प्रत्येक दिन बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म सडकमा सवारीसाधनलाई रोकेर काम हुँदै आएको थियो ।

पहिरो नियन्त्रणका काम लगभग सकिएसँगै आउँदो वर्षदेखि मुग्लिङ–नारायणघाट सडकमा वर्षाको समयमा पनि पहिरोको प्रभावले सवारी यातायातमा न्यून मात्र प्रभाव पर्ने सुनिश्चित भएको पनि उनले बताएका छन् ।