काठमाडौं – आज पनि सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ९ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।
शुक्रबार छापावाला सुन तोलामा ९ सयरुपैयाँले घटेर ७४ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार ७५ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज १५ रुपैयाले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।