logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको सुकेधाराबाट सटर फुटाएर चोरी गर्ने ५ किशोर पक्राउ


अंकुरण खबर
1.339K
Shares

प्रहरीले सटर फुटाएर चोरी गर्ने ५ किशोरलाई काठमाडौंको सुकेधारा क्षेत्रबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा घर भइ, कपन बस्ने १६ वर्षीय आशिष आचार्य, गोरखाका १७ वर्षीय आयुष थापा मगर, दोलखाका १७ वर्षीय लाक्पा छिरिङ शेर्पा, रामेछापका १८ वर्षीय अजय मगर र धनकुटाका १६ वर्षीय सन्तोष धमला रहेका छन् ।

पक्राउ परेकाहरूले उनीहरूले प्रहरीसमक्ष आफूहरूको ग्याङ नै यस्तो कार्यमा सक्रिय रहेको बयान दिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्सालले बताएका छन् ।

किशोरहरूले लागूपदार्थको नसामा लठ्ठिएर रातको समयमा चोरी गर्ने गरेको बुझिएको छ । प्रहरीले उनीहरूको साथबाट नगद ५ हजार रुपैयाँ, विभिन्न कम्पनीका ७ थान मोबाइल बरामद गरेको छ । त्यस्तै, आधा किलो गाँजा र निट्राभेट ८० ट्ब्यालेटसमेत बरामद गरेको डीएसपी लम्सालले जानकारी दिए ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । किशोरहरूले दिएको बयान अनुसार प्रहरीले चोरी गर्ने ग्याङको पनि खोजी गरिरहेको जनाएको छ ।