logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भाइहरुका साथ सुतेकै ठाउँमा किशोरी बलात्कृत


अंकुरण खबर
1.326K
Shares

पाँचथर – आफ्नो घरमा सुतिरहेकै अवस्थामा एक किशोरी बलात्कृत भएकी छन् ।

भाइहरुसँग सुतिरहेकी किशोरीलाई स्थानीय व्यक्तिले राति झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् ।

बलात्कार आरोपमा मिक्लाजुङ गाउँपालिकाका ५७ वर्षीय कृष्णबहादुर गहतराजलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गत पुस १९ गते राति बलात्कार भएको जनाएको छ । पीडित किशोरीले भनिन्, ‘भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर गहतराजले मुख र हात समातेर बलात्कार गरे ।’

गहतराजलाई पुस २१ गते पक्राउ गरी यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पीडित किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । विपन्न वर्गकी ती किशोरीले विभिन्न प्रलोभनमा पारेर मुद्दा मिलाउन आफूलाई दवाव दिइरहेको बताएकी छिन् ।