निरन्तरको प्रयास, मिहिनेत र लगाबका कारण नर्सिड क्षेत्रमा चर्चित नाम हो अम्विका थापा । उनले विगत लामो समयदेखि नर्सिड क्षेत्रमा अनुभव बटुलदै आएकी छिन् । उनी अहिले इसान बाल तथा महिला अस्पतालमा कार्यरत छिन् । भ्याक्सिनका क्षेत्रमा अब्बल काम गर्ने नर्स अम्बिका थापासंग अंकुरण खबरको लागि अनिता मगरले गरेको कुराकानी…
भ्याक्सिन भनेको के हो ?
सामान्य भाषामा भन्दा शरीरमा लाग्ने विभिन्न रोग रोक्नको लागि कुनै विशेष रोगविरुद्ध लगाइने औषधी हो । जस्तैः रेबिज,निमोनिया,दादुरा आदि विरुद्धको खोप या सुई। यो र यसको प्रभावकारीता रोग अनुसार फरक फरक हुन्छन् । जन्मनी वितिकै वा जन्मेको एक घण्टादेखि नमरुञ्जेलसम्मका व्यक्तिलाई आवश्यक्ता अनुसार भ्याक्सिन लगाउन सकिन्छ ।
भ्याक्सिनले के काम गर्छ ?
कुनै कीटाणुले शरीरमा संक्रमण गर्न खोज्यो भने शरीरमा भएको रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउने वा त्यस्ता किटाणु बिरुद्ध लडन सक्ने एन्टिबडी निर्माण गर्छ भ्याक्सिनले । जसका कारण एन्टिबडीले जीवाणुलाई पराजित गर्छ र रोगबाट बचाउँछ ।
किन आवश्यक छ भ्याक्सिन ?
जसरी शरीरलाई खानाको आवश्यक्ता पर्दछ । त्यसैगरि भ्याक्सिनको पनि आवश्यक्ता पर्दर्छ । अहिलेको खानपान,जीवनशैली,वातवरणीय प्रदुषण आदिको कारण पनि स्वस्थ शरीरको लागि भ्याक्सिन अपरिहार्य जस्तै भएको छ । हुन त भ्याक्सिन लगाउने वित्तिकै रोगनै लाग्दैन भन्ने होइन् । भ्याक्सिनले पनि २० देखि ९९ प्रतिशतसम्म काम गर्ने हुन्छ । जस्तैः फ्लु भ्याक्सिन थोरै काम गर्छ भने रेबिजको भ्याक्सिन धेरै ।
भ्याक्सिनको तापक्रम कसरी सुन्तुलित राख्नुपर्छ ?
भ्याक्सिन सञ्चित गर्दा या लगाउँदा आवश्यक मापदण्ड पुरा गर्नु पर्छ । यो सन्तुलनमा राख्नु नै चुनौतीको कुरा हो । यो लगाउदा तापक्रम एकदमै ठिक हुनुपर्छ । मोनीटर २२८ मा राख्नुपर्छ । फ्रिजबाट औषधी निकाली सकेपछि आधा घण्टा बाहिर राखेर मात्र भ्याक्सिन दिने गर्नुपर्छ । सरकारी भ्याक्सिन मात्र होइन प्राइभेट भ्याक्सिन पनि चिसोमा राख्न अति नै महत्वपूर्ण छ । ईसान बाल तथा महिला अस्पतालमा चै यी सबै कुराको गुणस्तरमा ध्यान दिइएको छ । यही भएरनै होला त्यस्तो गुनासो सुन्निने र पछुताउनु पर्ने केही कुरा छैन अहिलेसम्म ।
भ्याक्सिनको गुणस्तर कायम गर्न कसरी ध्यान दिने ?
सबै भन्दा पहिले त डेट हेर्नुपर्छ । मोनीटर र विपीएम खोलेर दुइ तीन दिनसम्म पनि प्रयोग गर्न सकिन्छ । तर डेट लेख्न भुल्नु हुदैन् । र कतिपय विपीएमहरु खोलीएको चार घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ । कुनैमा हामीले नै पानी मिसाएर प्रयोग गर्छौ भने कुनै बाहिरबाटै रेडिमेट मिक्स भएर आएको हुन्छ । तर जुनसुकै औषधी भएपनि हामीले खोलीसकेपछि कति घण्टाको लागि हो डेट अनुसार प्रयोग गर्नुपर्छ ।
बेलाबेला भ्याक्सिनको आवश्यक गुणस्तर नहुँदा लगाउने व्यक्तिको मृत्यु भयो भन्ने सुनिन्छ नि किन होला ?
मैले सुरुदेखि नै यो अस्पतालमा काम गर्दै आएकी छु । यहाँ मैले काम गरेको २५ बर्ष भैसकेको छ । तर अहिलेसम्म भ्याक्सिनको गुणस्तरको कमीले कुनैपनि व्यक्तिको मृत्यु भएको छैन । कुनै जिल्लामा त्यस्तो केश होला यस्तो हुनुमा आवश्यक मापदण्ड पुरा नगर्नु, भ्याक्सिन लगाउने व्यक्तिको दक्षता कम हुनु विविध कारण हुनसक्छन् । तर अहिलेसम्म यो अस्पताल र मैले भने त्यस्तो अप्रिय घटना भोग्नु परेको छैन् ।
तपाई आफ्नो पेशामा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म धेरै पहिलादेखि यही पेशामा छु । देशका गरिब निमुखादेखि उच्च ओहोदाका व्यक्तिसम्मलाई मैले भ्याक्सिन लगाउने गरेको छु । लगनशीलता,मिहिनेत र दक्षतालेनलेनै होला धेरै खुसी लाग्छ आफ्नो पेशा प्रति । भ्याक्सिन लगाएकै कारण घातक रोगबाट बचाउन र कत्तिपयलाई मृत्युबाट जोगाउन सक्दा धेरै खुसी र आनन्द मिल्छ ।
तपाइकै पेशा रोज्नेलाई के छ सुझाब ?
जुनसुकै क्षेत्र,पेशामा लाग्दा पनि त्यस समब्धि ज्ञान हासिल गर्नु पर्दछ । त्यसको लागि चाहिने आवश्यक मापदण्ड पुरा गर्नुपर्दछ । काम गर्दै जना नयाँ नयाँ कुरा सिक्ने र सिकाउने कुरा सधै सक्रिय हुनुपर्छ । हाम्रो निकै संवेदनशील पेशा भएकाले पनि यस तर्फ अझै बढी जिम्मेवार दक्ष र सचेत हुन जरुरी छ।