logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिपरले किचेर युवकको मृत्यु (अपडेट) : अश्रु ग्यास प्रहार गरेपछि खुल्यो राजमार्ग


अंकुरण खबर
624
Shares

धनुषाको मिथिला नगरपालिकामा टिपरले किचेर युवकको मृत्युपछि आन्दोलन चर्किएको छ ।

अवैध गिट्टी बालुवा उत्खननको विरोध गर्दै आएका २४  वर्षीया दिलीपकुमार महतोलाई बाटोमा किचेर मारेको भन्दै आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गरी आन्दोलन चर्काएका थिए ।

बिहानैदेखि बन्द राजमार्ग खुलाउन प्रहरीले २५ अश्रु ग्यास प्रहार गरेको छ । सडक खुलाउने विषयमा बल प्रयोग गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा एक प्रहरी जवान घाइते भएका छन् ।

प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेको हो । अश्रु ग्यास प्रहारपछि स्थानीयले राजमार्ग छाडेका छन् ।

ना७ख ६४१३ नम्बरको टिपरले शुक्रबार बिहान मर्निङवाकमा निस्किएका महतोलाई धनुषाको औरही खोला नजिक  किचेको हो ।

टिपर र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।